गान्तोक: प्राकृतिक आपदा सूचना दिएर आउँदैन। तर त्यसले दिएको पीड़ा र आहतलाई सहयोगी मन अनि हातहरूले महलमका काम गर्दछ।
उत्तर सिक्किमको ल्होनाक हिमताल फुटेपछि आएको टिस्टाको बाढ़ीले जङ्गु निर्वाचन क्षेत्रको दुर्गम गाउँ रमामलाई जोड्ने टुङको पुल भत्किये।
हिँडेरै जिल्ला मुख्यालय मंगन पुग्ने टिस्टामाथी बनेको झोलुङ्गे पुल पनि भत्कियो। तर रमामवासीले हरेश खाएनन्।
घटना भएको भोलिपल्टै गाउँलाई सम्पर्कमा ल्याउन कसैको आश नगरि आफै जुटे भत्किएको झोलुङ्गे पुल बनाउन। दुई दिनमा पुल तयार पारेर जिल्ला मुख्यालयसित सम्पर्कमा आए रमामका सहासी र मनकारी गाउँलेहरू। गाउँ हिँडेरै जिल्ला मुख्यालयसम्म पुग्ने भयो।
तर जिल्ला मुख्यालयबाट माथि चुङथाङ, लाचेन, लाचुङ र थाङ्गुहरूतिर बिल्लीबाँठ परेका मानिसहरूको निम्ति राहत सामग्री र उनीहरूलाई उद्दार गर्न जानेहरूलाई पनि उत्तिकै सहयोग भने चाहिएको थियो। जसलाई दुर्गम गाउँ रमामले सहर्ष स्वागत गर्दै मानुलबाट टिस्टासम्म सामान बोक्ने सहयोग जुटाए।
टिस्टाबाट रमाम गाउँसम्म त्यसपछि रमाम खोलाबाट सिपग्येरसम्म त्यसपछि सड़कसम्म सामान ओसार्ने कार्यमा जुटे रमाम गाउँका मानिसहरू। उनीहरूको यो मानवताको कार्यलाई सहयोग गर्दै होस्टेमा हैसे थप्न पछि परेनन् मानुलका मानिसहरू, सिपग्येरका सहयोगी मनहरूले पनि उनीहरूलाई साथ दिएपछि राहत र उद्दार कार्यमा धेरै सहयोग पुगेको छ।
अहिले गाउँको प्राथमिक पाठशालमा आउँजाउ गर्नेहरूलाई बस्ने खाने व्यवस्था गरिएको छ। रमामका गाउँलेहरूले मन खोलेर आपदमा सबैलाई सहयोग गर्दै मानवताको कहिले नबिर्सने छाप राखिराख्न सफल भएका छन्।