अभिषेक ब्यानर्जीले ईडी कहाँ जमा गराए नियुक्ति भ्रष्टाचारसित सम्बन्धित दस्तावेज

IMG-20230410-WA0169-11-300x172-3

कोलकाताः राज्यको बहुचर्चित शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा कलकत्ता हाईकोर्टको सख्तीपछि मुख्यमन्त्री ममता ब्यानर्जीका भतिज अभिषेक ब्यानर्जीले दस्तावेज जमा गराएका छन्। बारम्बार ईडीको तर्फबाट नोटिस दिइएपनि उनले दस्तावेज जमा गरिरहेका थिएनन्। मंगलवार साझँ ५ बजी कलकत्ता हाईकोर्टले भन्यो, यदि अभिषेकले दस्तावेज जमा गराउन सक्दैनन् भने ईडी उनी विरूद्ध कारबाहीको निम्ति स्वतन्त्र छ। यसपछि मध्यरातअघि तुरन्तै अभिषेक ब्यानर्जीको तर्फबाट सबै दस्तावेज जमा गराइएको छ।

लिप्स एण्ड बाउन्ड्स नाम गरेको कम्पनी जसको अभिषेक निदेशक पनि हुन्, त्यसमा उनका आमा-बाबू पनि निदेशक मन्डलीको सदस्य हुन्। यी सबैको दस्तावेज मागिएको थियो। नियुक्ति भ्रष्टाचार मामिलामा पक्रा परेका कालीघाटका काकू उर्फ सुजय कृष्ण भद्रले सोधपुछमा आफू यही कम्पनीमा काम गर्ने गरेको बताएको थियो।

साथै यसको माध्यमले नियुक्ति भ्रष्टाचारमा असूली गरिएको ठूलो धनराशिलाई ब्ल्याकदेखि व्हाइट गरिएको पनि बतायो। जसपछि ईडीले यस मामिलामा अभिषेकसित सोधपुछको निम्ति नोटिस पठाइरहेको थियो। केन्द्रिय एजेन्सीका एक अधिकारीले बुधवार बिहान बताए, दस्तावेज जमा भएको छ। यसको जाँच गरिनेछ। कोर्टको आदेश असार, यदि दस्तावेज सन्तोषजनक रहेन भने निश्चित रूपमा अभिषेक ब्यानर्जीलाई सोधपुछको निम्ति नोटिस पठाइनेछ।

-हिस

About Author

Advertisement