सिलगढी: उत्तर बंगाल विश्वविद्यालयको वनस्पति विज्ञान विभागकी एक छात्राले विभाग प्रमुखमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ। घटनाको विरोधमा विद्यार्थीहरुले बुधबार बिहानैदेखि विश्वविद्यालयमा मौन प्रदर्शन गरेका छन्। घटनापछि आरोपित प्राध्यापकलाई वनस्पति विभागको विभागीय पदबाट हटाइयो। उक्त घटनाबारे विश्वविद्यालयले आकस्मिक बैठक बोलाएको बताइएको छ। त्यसपछि प्राध्यापकलाई विभागीय पदबाट हटाइयो। विश्वविद्यालयका रजिस्ट्रार डा. स्वपन रक्षितले आरोपित प्राध्यापकलाई तत्कालका लागि विभागीय पदबाट हटाइएको बताए। साथै उनले आन्तरिक गुनासो समितिको प्रतिवेदन आएपछि कारबाही गर्ने आश्वासन पनि दिएका छन्। तर, विश्वविद्यालयको निर्णयप्रति विद्यार्थी भने खुसी छैनन्। आक्रोशित विद्यार्थीहरुले आगामी दिनमा पनि आन्दोलन जारी राख्ने बताएका छन्।