पत्रकार हमलाको दार्जिलिङ प्रेस गिल्डद्वारा भर्त्सना जनाउँदै मुख्यनन्त्री, जिल्लापाल र पुलिस अधीक्षकलाई पत्रचार

IMG-20231011-WA0218.jpg

दार्जिलिङ: कालेबुङका पत्रकारद्वय मनोज बोगटी र उमेश दर्जीमाथि भएको आक्रमण काण्डको विरोध गर्दै आज दार्जीलिङ प्रेस गिल्डले पनि विरोध जनाएको छ। यसै विषयलाई केन्द्र गरेर आज गिल्डले एक आपतकालीन बैठकको आयोजना गऱ्यो। उक्त सभा दार्जिलिङ प्रेस गिल्डको सभापति पत्रकार दिप गजमेरको अध्यक्षता र सचिव बिनय शंकरको सञ्चालनमा सम्पन्न भएको छ। सभामा पत्रकारहरूमाथि हात लगाउनु उचित नरहेको बताएको छ। जसको विरोधमा दार्जीलिङ प्रेस गिल्डले दार्जीलिङ सदर थाना, दार्जीलिङ र कालेबुङका जिल्लापाल, पुलिस अधीक्षकहरूका साथै राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीलाई पनि पत्र पठाएको छ। आगामी दिनमा पत्रकारहरूमाथि यस्तो घट्ना दोहोरिए कठोर रूपमा विरोध जनाउने पनि गिल्डले निर्णय लिएको छ। यस विषयमा पत्रकारहरूसित कुराकानी गर्दै दार्जिलिङ प्रेस गिल्डको सचिव बिनय शंकरले विस्तृत रूपमा बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement