खरसाम: खरसाङको तीनधारे चियाबारीमा रहेको बुथ नम्बर २४६ को भागोप्रमोका युवाहरूले टिस्टामा पुगेर प्राकृतिक प्रकोपमा रहेका घरतिर श्रमदान गरिएको छ। २४६ बुथको संयोजक युवराज प्रधान, घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत समिति सदस्य साजन दर्जी, पञ्चायत सदस्य दिपेन्द्र तामाङ, क्षेत्रीय सभासद नवराज छेत्री, विद्यार्थी संगठनको सचिव शुभम प्रधान आदि उपस्थित रहेका थिए। यस क्रममा टिस्टामा पुगेर गएर प्राकृतिक प्रकोपमा प्रभावितहरूलाई श्रमदान गरेका छन्। यस क्रममा युवाहरूले घरभित्र पसेको बलुवाहरू सर सफाई गरेका छन्।

टिस्टाको बाढीले घरभित्र पसेका बलुवाहरू सबै सर सफाई गरेर घरलाई सफा गरिएको बताइएको छ। यसरी बाढीले प्रभावित आफ्नो घरमा आएर तीनधारे चियाबारीका युवाहरूले सर सफाई गरिदिएकोमा घरका परिवार पक्षले धन्यवाद दिएका छन्।