सिलगढी बाघाजतिन एथलेटिक क्लबद्वारा महालयामा म्याराथन दौडको आयोजना गरिने

Capture3-9.png

सिलगढी: सिलगढी बाघाजतिन एथलेटिक क्लबले महालयाको अवसरमा १० र ५ किमीको म्याराथन दौड़को आयोजना गर्ने भएको छ। क्लबका सदस्यहरूले आज पत्रकार सम्मलेन गरेर यसको जानकारी दिएका छन्। क्लबको तर्फबाट बताए अनुसार क्लबका यो ३९ौ वर्ष हो। यस वर्ष म्याराथनमा लगभग ५०० जना प्रतियोगीहरूले अंश ग्रहण गर्नेछन्। जसमा असम,नेपाल,झारखन्ड,उत्तर प्रदेश, उत्तराखन्ड लगायत अन्य ठाउँबाट प्रतियोगीहरू आउने छन्। म्याराथन दौड़ क्लब परिसरबाट शुरू हुनेछ। १० किलोमीटरको दौड़ क्लब परिसरबाट शुरू भएर भक्तिनगर थानाबाट सेभोक रोड हुँदै क्लबमा पुगेर समाप्त हुनेछ। यसैगरी, ५ किमीको दौड़ हैदापाड़ा प्रणामी मन्दिर छेउ हुँदै पुनः क्लबमा पुगेर समाप्त हुनेछ। मुख्य अतिथिका रूपमा भारतीय हकी टीमका पूर्व गोलकीपर भरत छेत्री उपस्थित रहने छन्। आज पत्रकार सम्मलेनमा क्लबका अध्यक्ष उत्पल ब्यानर्जी,सचिव अखिल विश्वास,पियारा सिंह लगायत क्लबका मुख्य सल्लाहकार मेयर गौतम देव उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement