पत्रकारमाथि आक्रमणको प्रेस क्लब अफ् खरसाङद्वारा प्रतिवाद

IMG-20230528-WA0320-5-300x172-3

पत्रकारहरूका सुरक्षाको लागि दोषीहरूलाई झट्टै पक्राउ गर्नु पर्ने मांग

खरसाङ: गेल खोला क्षेत्रमा मंगलबार कालेबुङका दुईजना पत्रकारहरूमाथि भएको भएको हमलाको चौतर्फी विरोध भईरहेको छ। यस घटनाको विभिन्न पत्रकार संगठनहरूले विरोध जनाईरहेका छन्। यसै क्रममा प्रेस क्लब अफ् खरसाङले पनि यस घटनाको घोर विरोध जनाउँदै पत्रकारहरूमाथि भएको घटनाको भर्त्सना जनाएका छन् भने दोषीहरूलाई प्रशासनले आरोपीहरूलाई पक्राउ गर्नु पर्ने मांग गरिएको छ। पत्रकारहरूमाथि भएको उक्त घटनाको विरोध जनाउन आज खरसाङमा प्रेस क्लब अफ् खरसाङको एक सभा सभापति एंव वरिष्ठ पत्रकार मुरारीलाल पञ्चमको अध्यक्षता र सचिव हनोक थापाको सञ्चालनमा सम्पन्न भएको छ। यस सभामा प्रेस क्लब अफ् खरसाङको उप सभापति राजेन्द्र तामाङ, संयोजक निर्मल गुरुङ, वरिष्ठ पत्रकार सुवास छेत्री र मोहन प्रसाद, निवाण प्रधान र अध्यक्ष मुरारीलाल पञ्चम आदिले वक्तव्य राख्दै कालेबुङका पत्रकारद्वय मनोज बोगटी र उमेश परियारमाथि भएको घटनाको घोर विरोध जनाइएको छ। वक्ताहरूले पत्रकारहरूमाथि भएको आक्रमण देशको चौथो स्तम्भमाथि हमला भएको भन्दै मंगलबार भएको घटना एकदमै निन्दनीय छ। यसको घोर विरोध जनाउँदै यस घटनाको प्रशासनिक जाँच हुनु पर्ने र दोषीहरूलाई प्रशासनले झट्टै पक्राउ गर्नु पर्ने मांग गरिएको छ। सभामा वक्ताहरूले यस घटनाले पत्रकारहरूले असुरक्षित अनुभव गरेकोले दोषीहरूलाई पक्राउ गरिनु पर्ने मांग गरिएको छ। वक्ताहरूले यस्तो घटना पुन: नदोहोरिएको होस् भन्दै पत्रकारिता विषयमा मन नपरेको खण्डमा बौध्दिक रूपमा विरोध जनाउन पर्ने तर यसरी कुटपीटको प्रथा राम्रो नभएको र यस्तो संस्ताक पहाड़को लागि नै राम्रो नभएको बताइएको छ। सभामा अर्पण गुरुङ र अभिषेक गोयल पनि उपस्थित रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement