पत्रकारहरु एकबद्व बन्ने समय आएको छ: सुब्बा

Screenshot_20231011_182938_WhatsApp.jpg

दार्जीलिङ: पत्रकारहरु एकबद्व हुने दार्जिलिङ महकुमा समितिका हाम्रो युवा शक्तिका सह-संयोजिका नोरा सुब्बाले आह्वान गरेको छ। पत्रकार मनोज बोगटी र पत्रकार उमेश दर्जीमाथि भएको कुटपीट काण्डमाथि हाम्रो युवा शक्तिको सह-संयोजिका नोरा सुब्बाले कठोर भाषामा निन्दा गर्दै अघि भने आलोचनाविना विकाश सम्भाव छैन तर पहाड़को सत्ताशिन दल भागोप्रमोलाई आलोचना सहन भएको छैन, त्यसको परिणामस्वरुप हिज गेल-खोलामा दुई पत्रकारहरूमाथिको कुटपीट काण्ड एउटा प्रमाण हो भन्ने तिनले बताए। पत्रकारहरुमाथि कुटपीट हामी सहन गर्ने छैनौ, हामी यसको घोर विरोध गर्नेछौ। पहाड़को बर्तमान राजनीति स्थिति देख्दा पहाडको पत्रकारहरु अब एकबद्व हुने समय आएको छ, सम्पूर्णलाई एकबद्व बनेर उक्त काण्डमाथि बिरोध गर्ने सुब्बाले आह्वान गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement