पुजारीले ढुङ्गाको काली माताको मूर्ति बनाएर सबैलाई पारे चकित

IMG-20231011-WA0143.jpg

जलपाईगढ़ी। जहाँ इच्छा त्यहाँ उपाय भने झैँ जलपाईगढ़ी पहाड़पुर पाटकाटा कलोनीका पुजारी प्रवीर मजुमदारले करिब १० महिनाको अथक परिश्रममा ढुङ्गाको मूर्ति बनाएका छन्। पेशाले पुजारी भएता पनि फुर्सदको समयमा टोटो चलाउँछन् प्रबीर मजुमदार। उनको एक छोरा र श्रीमतीसहितको संघर्षमय परिवार छ। प्रबीर मजुमदारको घरमा मन्दिर बनाउने सपना थियो तर आर्थिक अभावका कारण तिनले थोरै बचत गरेर धेरै वर्षपछि मन्दिर निर्माण पनि गराएको थियो। त्यसपछि आफैले ढुंगाको मूर्ति बनाएर मन्दिरमा स्थापना गरेको थियो।

प्रबीरका पिता रवीन्द्रनाथ मजुमदार पेशाले पुजारी थिए। उनी निकै चर्चित पनि थिए। पिता रवीन्द्रनाथको मृत्युपछि उनका छोरा प्रवीरले घरमा मन्दिर बनाएर आफ्नै हातले कालो ढुङ्गाको मूर्ति बनाएर तीन दिनसम्म भक्तिपूर्वक पूजा गरेको कार्यको स्थानीयले प्रशंसा गरेका छन्। गत सोमबारबाट सुरु भएको भैरवी माताको उद्घाटन समारोह बुधबार प्रसाद वितरणसँगै समापन भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement