नगरकट्टाको “प्रेरणा” एनजीओ टिस्टा किनारास्थित टोट गाउँमा

IMG-20231011-WA0167.jpg

गोरूबथान: गत ३ अक्टोबर राति आएको भयावह प्राकृतिक आपदाको कारण राहत शिविरमा बस्न बाध्य बनेका बाग्राकोट ग्राम पंचायत अन्तर्गत टोट गाउँबासीको निम्ति सहयोगी हातहरू बिस्तारै बाक्लिँदै गइरहेको छ। मंगलबार नारी शसक्तिकरण अनि बालबालिकाहरूको कल्याणको निम्ति गठन भएको पश्चिम डुवर्सको नगरकट्टाबाट प्रेरणा वेलफेयर सोसाइटी नामक एनजीओको टोली टोट गाउँका बाढ पीडितहरू बसेका तीनवटै शिविरमा गएर राहत सामाग्री बितरण/हस्तान्तरण गरेको जानकारी प्राप्त भएको छ। तिनीहरूले चामल, दाल, मटर, तेल, दुध, बिस्कुट पानी लगायत नानी अनि कन्याहरूलाई चाहिने कतिपय सामानहरू लगेर गएका थिए। नारी शसक्तिकरण अनि बालबालिकाहरूको कल्याणको उद्देश्य राखेर अम्बिका साम्पाङको पहलमा गठन भएको प्रेरणा एनजीओले आज शिविरमा रहेका महिला अनि बालबालिकाहरूसित कुराकानी पनि गरे। यस अवधि तिनीहरूले महिला, कन्या अनि नानीहरूलाई स्वास्थ्यबारे पनि जानकारी गराए। मानिसहरूको निम्ति स्वास्थ्य सबैभन्दा महत्त्वपूर्ण कुरा रहेकोले शिविरमा बस्दा के कति कुरामा विशेष ध्यान दिनुपर्छ भन्ने विषयबारे बताए।

प्रेरणा एनजीओको पक्षबाट सल्लाहकार अम्बिका साम्पाङले शारिरीक रुपमा सहयोग पुराउने मनकुमार थापालगायत सम्पूर्ण सहयोगी/ दाताहरूप्रति आभार प्रकट गरेिन्। स्मरण रहोस् प्रेरणा एनजीओमा वर्तमानमा सभापति अमृता चौधरी, सचिव मन्जु तामाङ प्रसाद, कोषाध्यक्ष अर्चना थापा रहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement