दार्जीलिङ: “पत्रकारहरूमाथि कुटपीट गर्ने आरोपीहरूलाई पुलिस प्रशासनले अविलम्ब कार्यवाही नगरे हामी न्यायलयमा जाने छौ”यो मनतब्य हाम्रो पार्टी को केन्द्रीय कार्यकर्ता एंव अधिबक्ता वीरेन्द्र रसाइलीले पोखेको हो। हिज मंगलबार पत्रकार मनोज बोगटी र पत्रकार उमेश दर्जी समाचार संग्रह गर्न गेल खोला पूगेका थिए। त्यस अवधि उनीहरूमाथि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको कार्यकर्ताहरूले कुटपीट गर्ने जस्ता घृणित कार्यहरू गरेको छ, जसको हामी कठोर शब्दमा निन्दा गर्छौ रसाइलीले भने।तिनले अधि भने टिष्टा बाँढ पिडितहरूको विषयमाथि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले दार्जीलिङमा सर्वदलीय बैठक डाकेको थियो अनि भागोप्रमोको उक्त पहललाई हाम्रो पार्टीले स्वागत जनाउँदै पार्टीको पक्षबाट हामीले उक्त सर्वदलीय बैठकमा अंश ग्रहण गरेर फर्किन्दै गर्दा पत्रकार मनोज र उमेशमाथि कुटपीट गरेको समाजिक संजालहरूमा हामीले हेर्न पायौ, जसको हामी कठोर भाषा मा निन्दा गर्छौ रसाइलीले भने।तिनले अधि भने मनोज बोगटी सत्य बोल्नदेखि नडाराउने ब्यक्ति हुन अनि उनले पहाडमा भई रहेको सत्य कुराहरूलाई सर्वजनिक गर्ने कार्यहरू गर्दै आई रहेका थिए।पत्रकार मनोज र उमेशमाथि भागोप्रमोको कार्यकर्ताहरूले कुटपीट गर्ने कार्यहरू गरेको छ, जसको हामी निन्दा गर्छौ रसाइलीले दोहोराए। भागोप्रमोको शीर्ष नेतृत्वहरूले भन्ने गर्छ टिष्टा प्रकोपको घटनामा हामी सवै मिलेर काम गर्नु पर्छ भन्ने जस्ता आहवान गर्छ भने अर्कोतिर गणतन्त्रको चैथो स्तम्भ पत्रकारहरूमाथि कुटपीट गर्ने कामहरू गर्छ भागोप्रमोको यस्तो कार्यहरूको हाम्रो पार्टीले विरोध गर्छ। पुलिस प्रशासनले आरोपीहरूलाई अविलम्ब कार्यवाही गर्नु पर्छ यदि पुलिस प्रशासनले कार्यवाही नगरेको खण्डमा हामी न्यायलयको दरबाज खटखटाउन बाध्य हुने छौ” अधिबक्ता वीरेन्द्र रसाइलीले भने।