लाओससँग खेल्न तयार छ नेपाल

Screenshot_20231011_155029_Dailyhunt.jpg

काठमाडौं: नेपालले भोलि लोओसविरुद्ध खेल्दै विश्वकप छनोटको यात्रा सुरु गर्नेछ। यसका लागि नेपाली टिम तयार रहेको प्रशिक्षक र कप्तान दुबैले बताएका छन्। नेपाल र लाओसबीचको खेल भोलि साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।खेलको अघिल्लो दिन आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसेले यो खेल आफ्ना लागि पनि अवसर भएको बताए। उनले अघि भने, ‘यो मरो पनि पहिलो विश्वकप छनोट हो। मैले आफ्नो तर्फबाट शत प्रतिशत दिने प्रयास गरेको छु।’ टिममा रहेका नयाँ र उर्जावान युवाहरुले आफ्नो शैलीमा धेरै हदसम्म निपूर्ण भइसकेको भन्दै उनले भने, ‘अहिले धेरै भन्न चाहन्न, भोलि देखाउँछु।’ राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङले यो पटक लामो तयारी गरेको बताए। लाओसले पनि राम्रो तयारी गरेको र टिममा केही परिर्वतन ल्याएको भन्दै उनले त्रिदेशीय कपमा जस्तो नहुने बताए। चैतमा भएको त्रिदेशीय समूह चरणमा २–० ले जितेको नेपालले फाइनलमा २–१ को जित हात पारेको थियो। उनले भोलिको खेललाई भव्य बनाउन दर्शकहरुलाई आग्रह गरे। दशरथ रंगशालामा हुने हरेक खेलमा १२औं खेलाडीका रुपमा घरेलु दर्शक हुने भन्दै उनले भने, ‘भोलि नेपालको ठूलो झण्डा देख्न पाउँ, सबै मिलेर राष्ट्रियगान अनि रातो र चन्द्रसूर्य गाऔं।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement