चुङथाङमा निर्मित बॉंसको अस्थायी पुल पुनर्थापित, आवागमन सुचारू

n5461533361697014328946046bc4895a634eb3c1d707582039dfba4e2b34b7c613a8771cc871819c31f9ab.jpg

गान्तोक: उत्तर सिक्किमको चुङथाङमा निर्मित अस्थायी बॉंसको पुललाई खोलाको पानीले क्षतिग्रस्त बनाएपछि आवागमन बन्द भएको थियो भने पुल पुनर्थापनाको कार्य पूरा गरिएको छ।

चुङथाङमा फसेका मानिसहरूलाई उद्धार गर्न वर्तमानमा यो बॉंसको पुल एउटै मात्र महत्वपूर्ण साधन थियो। यो पुल पनि भत्किएपछि मानिसहरूको आवागनका साथै सर-सामग्रीहरू ल्याउने-पुऱ्याउने कार्य पूर्ण रूपमा ठप्प बनेको थियो।

गत ३-४ अक्टोबर राति अचानक उत्तर सिक्किमको दक्षिण ल्होनाक झील फुटेपछि टिस्टा नदीमा आएको बाढीले भयावह रूप लिॅंदै चुङथाङलाई निकै क्षति पुऱ्याएको छ। बाढीले सिक्किम उर्जा (पहिले टिस्टा उर्जा) को जलविद्युत परियोजनाको बॉंध पूर्णरूपले ध्वस्त बनाएको छ।

बाढीले चुङथाङलाई पेगोङसॅंग जोड्ने पुल र सडक ध्वस्त बनाएपछि चुङथाङलगायत लाचेन र लाचुङसॅंग राज्यका अन्य भागहरूको सम्पर्क टुटेको छ। यस कारण यी ठाउॅंहरूमा बाढीले पुऱ्याएको क्षतिको आकलन गर्न सकिएको थिएन भने राहत एवं बचाउ कार्यसमेत प्रभावित बनेको थियो।

यस बिच गत केही दिनअघि चुङथाङलाई जोड्न एउटा बॉंसको अस्थायी पुल निर्माण गरिएको थियो। यस बॉंसको पुल भएर चुङथाङमा फसेका मानिसहरूलाई निकाल्ने काम भइरहेको थियो भने राहत कार्य पनि सुचारू बनेको थियो। तर, अचानक बढ़ेको खोलाको पानीले उक्त पुल भत्किएको छ भने सबै कार्य पुनः ठप्प बनेको थियो। यद्यपि, पुल पुनर्स्थापनाको कार्य पूरा भएपछि आवागमन सुचारू बनेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement