बाढी प्रभावित २१ घर मालिकलाई अनुग्रह राशि वितरण

n5460264681696965119458d8bb2044b0f60e8d6c8d1162d8be372941f4d341342118a89562d993d9877d68.jpg

पाकिम: गोलिटारस्थित नेपाली धर्मशालामा आज २१ जना बाढी प्रभावित घर मालिकहरूलाई अनुग्रह राशि प्रदान गरियो। शहरी विकास विभाग मन्त्री एलबी दास, जिल्ला उपाध्यक्ष प्रभा प्रधान र रम्फूकी एसडीएम सुजाता सुब्बाको उपस्थितिमा प्रभावित परिवारहरूलाई अनुग्रह राशि प्रदान गरियो।

जानकारी अनुसार, प्रत्येक घर मालिकलाई एसडीआरएफ र एनडीआरएफको सहायता मापदण्ड अनुरूप एक लाख ३० हजार रूपियॉं प्रदान गरियो। लाभार्थीहरू १६ घर गोलिटार, ४ घर बरदाङ र १ घर माझिटारबाट थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement