कन्याश्री क्लबद्वारा सचेतना कार्यक्रम

IMG-20220715-WA0169.jpg

कालचिनी: आज दमनपुर उच्च विद्यालयका कन्याश्री क्लबको आयोजनामा स्कूलमा एउटा सचेतना कार्यक्रम सम्पन्न भएको जानकारी सो स्कूलका शिक्षक डा.पार्थ साहाले दिएका छन। कार्यक्रममा प्रमुख अतिथिको रुपमा अलिपुरद्वार जिल्ला परिषदको सभाधिपति शीला दास सरकार लगायत अलिपुरद्वारका विशिष्ट अधिवक्ता सोम शंकर दत्ता एवम् अलिपुरद्वार चाइल्ड लाइनका कार्यकर्तागण औ स्कूलका शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा मूलतः बाल विवाह, बाल तस्करी, नारी स्वास्थ्य र कन्याश्री क्लबको सामाजिक महत्वबारे विविध चर्चा गरिएको थियो भने सो अवसरमा स्कूलका शिक्षक डा. पार्थ साहाद्वारा उपरोक्त विषयहरुमाथि विस्तारित सचेतना गरिएको थियो।

स्कूलका छात्राहरूलाई निःशुल्क सेनेटेरी न्यापकिन वितरण साथै न्यापकिनलाई डिस्पोजल गर्ने भेन्डिङ यन्त्रको पनि स्थापना गरिएको थियो। यस कार्यक्रमले विशेष सचेतना ल्याउने र नारी स्वास्थ्य र सामाजिक दायित्वमा असल भुमिका निर्वाह गर्ने आशा राखिएको स्कूलका शिक्षक डा. पार्थ साहाले थप जनाएका छन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement