गान्तोक: राज्यको केही दिनअघि उत्तर जिल्लाको लोहनार्क झीलमा बादल फाटेपछि उत्पन्न भएको समस्याको समाधान गर्न साथै सहयोगको हात बढाउनको निम्ति हाल सरकारी, गैर सरकारी र व्यक्ति विशेषले सक्रियरूपमा भूमिका निर्वाह गरिरहेको छ। यसै क्रममा नाम्ची जिल्ला पञ्चायतले राज्यको प्रभावित स्थलमा राहत सामग्री पुऱ्याउने कार्यमा जुटेको छ।पंचायती राज संस्थाका सदस्यहरूले पूर्वतयारी अवस्थादेखि जोखिम न्यूनीकरणका लागि दीर्घकालीन विकास गतिविधि सञ्चालन गर्नसम्म सबै प्रकारको व्यवस्थापनमा नेतृत्व र भूमिका निर्वाह गर्न सक्ने बताइएको छ।

सोही भनाइलाई कार्यान्वयन गर्दै राहत वितरणको पहल शुरू गरिएको हो। जिल्ला पञ्चायत, पञ्चायतहरूद्वारा शिविरमा आश्रित मानिसहरूको माग अनुसार सामग्री संग्रह गरिएको छ।