गान्तोक: उत्तर जिल्लाको लाचेन लाचुङमा फँसेका पर्यटकहरूलाई निरन्तर हवाई जहाजको माध्यमद्वारा सुरक्षित पाकिम, मंगन ल्याउने कार्य जारी रहेको छ। यसै क्रममा आज अपरान्ह् १२ बजीसम्म कूल ५५ जनालाई ल्याइएको जानकारी गराइएको छ। पहिलोप्लट लाचेनबाट १८ जनालाई सेनाको हेलिपक्टरद्वारा ल्याइएको थियो भने दोस्रोपल्ट २० जना, तेस्रो पल्ट ३ जना र चौथो पल्ट १४ जना ल्याइएको थियो। आज विशेष गरेर उनीहरूलाई मंगन जिल्लाको रिञ्जिम हेलिपेडसम्म ल्याइयो। यसरी नै विभिन्न विभागका अधिकारी, टास लगायत अन्य गैर सरकारी संस्थाहरूले राहत सामग्री पठाउनको निम्ति अथक प्रयास गरिरहेको बताइएको छ।