जिल्लापाल टाशी छोपेलले गरे पाकिम हवाई अड्डाको निरीक्षण

IMG-20231010-WA0248.jpg

गान्तोक: पाकिम जिल्लाका जिल्लापाल टाशी छोपेलले आज पाकिमको हवाई अड्डाको निरीक्षण गरे। विशेष गरेर जिल्लापालले उत्तर जिल्लाको विभिन्न ठाउँमा फँसेका पर्यटकहरूलाई हवाई जहाजको माध्यमद्वारा उद्दार गरिने प्रक्रिया जारी रहेको हुनाले त्यहाँको वस्तुस्थितिबारे जान्ने उद्देश्यले निरीक्षण गरेका हुन्। यस अवसरमा उनले समन्धित अधिकारीहरूसँग वर्तमान अवस्थाबारे पनि जानकारी लिए। पत्रकाहरूसँग कुराकानी गर्दै जिल्लापालले पाकिम जिल्ला वरिपरि प्रभावित स्थलको पूर्नस्थापना भइरहेको अवगत गराए। उनले पुनर्निर्माण प्रक्रियालाई सरकारको विभिन्न विभागले तिब्रता दिन अथक प्रयास गरिरहेको जानकारी गराए। उनले भग्नावशेष हटाउने कार्यमा सहयोग पऱ्याउने सबै गैरसरकारी संस्था र समितिहरुलाई पनि धन्यवाद दिए। उनीहरूको अमूल्य सहयोगले प्रभावित क्षेत्रहरूमा सामान्यता पुनर्स्थापित गर्न जारी प्रयासहरूमा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement