गणतन्त्र र शान्तीको कुरा गर्नेहरूले नै पत्रकारहरूमाथि कुटपीट गर्दैछ, हामी सहन गर्ने छैनौ: एडवाडर्स

Screenshot_20231010_230933_WhatsApp.jpg

दार्जीलिङ: पत्रकारहरूमाथिको आक्रमण हामी सहन गर्ने छैनौ यो मनतब्य हाम्रो पार्टी अध्यक्ष एंव निर्वाचित सभासद अजय एडवाडर्सले पोखेको हो। बरिष्ठ पत्रकार मनोज बोगटी र पत्रकार उमेशमाथि आज गेल खोला हातपात भएको छ।पत्रकारहरूमाथि हातपात भएको खबर सुन्न वितिकै हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स र उनको टीम रंगली रंगलीयट थानामा पूग्यो। यस अवधि पत्रकारहरूलाई सम्बोधन गर्दै हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले मनोज बोगटी एक लेखक हुन साथै उनी बरिष्ठ पत्रकार पनि हुन।मनोज र उमेश भाइहरूले टिष्टा बाढ पिडितको विषयमा निरन्तर रूपमा न्युज कभर गर्ने काम गर्दै आई रहेको छ। आज पनि उनीहरू गेल खोला न्युज कभर गर्न आएका थिए। त्यस अवधि उनीहरूमाथि कुटपीट गर्ने कार्यहरू भएको छ,जसको हामी घोर शब्दमा निन्दा गर्छौ एडवाडर्सले भने। तिनले अझ भने पत्रकाहरूमाथि भएको कुटपीटको द्वश्यहरू समाजिक संजालहरू भाइरल भई रहेको छ अनि कुटपीट गर्नेहरूको अनुहार स्पष्टसंग देखिएको छ पुलिस प्रशासनले उनीहरूलाई अविलम्ब पक्राउ गर्नु पर्छ एडवाडर्सले भने।मनोज र उमेशसंग हाम्रो कुनै सरोकार छैन तर उनीहरू पत्रकार हुन।पत्रकार भनेको समाजको दर्पण हो। हामी गणतन्त्रको कूरा गर्छौ, गणतन्त्रको चैथो स्तम्भ भनेको पत्रकार हुन।उनीहरूले हामीले पहाडमा शान्ती ल्याएका छौ भन्ने गर्छ, पत्रकारहरूमाथि कुटपीट गर्नु तिमीहरूले ल्याएको शान्ती यौ हो, अध्यक्ष एडवाडर्सले प्रश्न तेर्साए। प्रशासनले पत्रकारहरूमाथि कुटपीट गर्नेेहरूलाई अविलम्ब पक्राउ गर्नु पर्छ भन्ने एडवाडर्सले पूनः दोहोराए। पत्रकारहरूले टिष्टा बाढको न्युज देखाएर सरकारले त्यहाको अवस्था बुझयो अनि राज्यपाल साथै मंत्री, संसद, विधायकहरूले बाढ पिडितहरूको समस्याहरू आफ्नै आखाले हेर्न आएका छन।विगतका दिनमा मदन तामाङ जस्तो ब्यक्तिको निर्मम हत्या भएको छ आज मनोज जस्तो पत्रकारहरूमाथि कुटपीट गर्ने कार्यहरू भएको छ।हामी यस्तो घटनाको घोर विरोध गर्छौ अनि प्रशासन समक्ष यस्ता ब्यक्तिहरूलाई कठोर कार्यवाही गर्ने मांग गर्छौ हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले भनेका छन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement