नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले आज इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग हमासद्वारा रकेट आक्रमणपछि जारी युद्धको बीचमा फोनमा कुरा गरे। प्रधानमन्त्री मोदीले नेतान्याहुले फोन गरेको र त्यस क्रममा आफूले कठिन समयमा इजरायलको साथमा रहेको बताएको बताए। प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै लेखेका छन्, ‘मलाई फोन गरेर स्थितिको बारेमा जानकारी दिनुभएकोमा म प्रधानमन्त्री नेतन्याहूलाई धन्यवाद दिन्छुl यस कठिन समयमा भारतका जनता इजरायलको साथमा छन्। भारतले सबै प्रकारका आतंकवादको कडा निन्दा गर्दछl’ प्रधानमन्त्री मोदीले यसलाई आतंकवादी हमला भनेका छन्l प्रधानमन्त्री मोदीले यसअघि शनिबार प्यालेस्टिनी चरमपन्थी संगठन हमासले इजरायलमा गरेको रकेट आक्रमणलाई आतंकवादी हमला भनेका थिए। उनले शनिबार ट्वीटरमा लेखेका छन्, ‘इजरायलमा भएको आतंकवादी हमलाको खबरले स्तब्ध भएको छु। मृतकहरूका परिवारजनमा हाम्रो समवेदना छl’