टिस्टाको आपदामा युवा शक्ति केन्द्रीय पदाधिकारीहरूद्वारा सर सफाई कार्य

IMG-20231010-WA0236.jpg

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन युवा शक्तिका प्रतिनिधिहरूले प्राकृतिक प्रकोपले गरेको विनाशमा सहयोगयो हात बढ़ाएका छन्। युवा शक्तिको केन्द्रीय अध्यक्ष अमृत योञ्जन र महासचिव प्रा. सदीप प्रधानको अगुवाईमा टिस्टा क्षेत्रमा सर सफाईको कार्य सम्पन्न गरिएको छ। यस कार्यमा युवा शक्ति केन्द्रीय प्रतिनिधि टोली साथै महकुमा र समष्टी स्तरीय प्रतिनिधिहरू उपस्थित भएर सर सफाईको कार्य सम्पन्न गरेका छन्। यस कार्यमा केन्द्रीय उपाध्यक्ष प्रा योगेस पन्त, केन्द्रीय प्रवक्ता अनित खाती, खरसाङ महकुमा सभापति पेमेन्द्र गुरुङ, सचिव विज्ञान मिश्र, दार्जिलिङ महकुमा समितिका सभापति-सचिव लगायत विभिन्न समष्टीहरूका प्रतिनिधिहरू उपस्थित रहेका थिए।

टिस्टामा आएको यस आपदको समय युवा शक्तिले लगातार रूपमा कार्य गर्दै रहने भएको छ। भोलि पनि विभिन्न समष्टीका प्रतिनिधिहरू पनि उपस्थित रहेर कार्य गर्ने भएको छ। यस विषयमा पत्रकारहरूसित कुराकानी गर्दै युवा शक्तिका केन्द्रीय अध्यक्ष अमृत योञ्जन र महासचिव प्राध्यापक सदिप प्रधानले विस्तृत रूपमा बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement