भागोप्रमो तीनधारे महानदी समष्टीका प्रतिनिधिहरूद्वारा टिस्टामा श्रमदान

IMG-20231010-WA0234.jpg

तीनधारे: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टीका प्रतिनिधिहरूले अाज प्राकृतिक आपदा आई परेको टिस्टामा गएर श्रमदान गरेका छन्। भागोप्रमो तीनधारे महानदी समष्टीको सभापति राजीव थापाको अगुवाईमा प्रतिनिधिहरू गएर यर सफाई गरिएको छ। यस आपदा र विपदको घड़ीमा सबैले मिलेर सहयोगको हात बढ़ाउनुपर्छ भनेर परेको बेलामा श्रमदान गरेर योगदान दिएका छन्। यस अवसरमा भागोप्रमो तीनधारे महानदी समष्टीको सभीपति राजीव थापा, उप सभापति एंव पञ्चायत समिति सदस्य कुसाङ लामा, समष्टीको प्रवक्ता बिपन विश्वकर्म, समष्टीको सह सचिव मनोहर थापा, नारी शक्ति समष्टी सभापति निरा प्रधान, युवा शक्ति खरसाङ महकुमा सदस्य अनिल तामाङ, महानदी ग्राम पञ्चायतको पञ्चायत समिति सदस्या सरिता प्रधान, घैयाबारी ग्राम पञ्चायतको समिति सदस्या कुसुम तामाङ लगायत अन्यहरू उपस्थित रहेका थिए। यो आपदके समयमा भागोप्रमो तीनधारे महानदी समष्टीको पक्षमा टिस्टामा आपद परेको समय श्रमदान गर्दै सर सफाई गरिएको जानकारी प्रवक्ता विपन विश्वकर्मले दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement