शंकर नेपाली उच्च माध्यमिक विद्यालयमा २०८औँ भानु स्मरण दिवस पालन

IMG-20220715-WA0167.jpg

कालचिनी: डुवर्सको विभिन्न ठाउँहरुमा यसपाली भानु जयन्ती समारोह सम्पन्न भईरहेको क्रममा आज कालचिनी खण्डको एकमात्र नेपाली हाइस्कूल शङ्कर नेपाली उच्च माध्यमिक विद्यालयमा स्कूल कर्तृपक्ष द्वारा भव्यताको साथ २०८औँ भानु स्मरण दिवस पालन गरिएको जानकारी स्कूलका प्रधान शिक्षक सुबान सिंह नौबाग लगायत कार्यक्रम सञ्चालन कमिटीको सदस्य शिक्षकहरु अबीर खालिङ, श्याम प्रधान र दीप लामाले संयुक्त रुपमा दिएका छन।
स्कूल परिसरमा सम्पन्न सो कार्यक्रमको सञ्चालन स्कूलका सहशिक्षक तथा कवि कथाकार अबीर खालिङले गरेको थियो भने कार्यक्रममा उपस्थित स्कूलका संस्थापक सदस्य ललित न्यासुर लगायत बिनोद सुब्बा, आसबहादुर सुब्बा, लाक्पा योञ्जन एवम् स्कूल सञ्चालन कमिटीको सदस्यहरु जयलाल लामा, आजाद भुजेल औ सृजनशील समूहको सदस्यहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा प्रथमत आदिकवि भानुभक्त आचार्यको प्रतिकृतिमा माल्यार्पण दीप प्रज्वलन पश्चात स्कूलका नवनिर्वाचित प्रधान शिक्षक सुबान सिंह नौबागलाई स्कूल सञ्चालन कमिटीको सदस्यहरु एवम् संस्थापक सदस्यहरुको बाहुलीबाट खदा पहिराएर सम्मान प्रदान गरिएको थियो।
कार्यक्रमको प्रारम्भमा स्कूलका सहशिक्षक श्याम प्रधानले स्वागत वक्तव्य दिएपछि आदिकवि भानुभक्त आचार्यमाथि सहशिक्षक सुरज उपाध्यायले सम्भाषण राखेको थियो। कार्यक्रममा कालचिनी भेगका कवि तथा सृजनशील समूहको सदस्यहरु ज्ञानलाल दर्नाल, कवियत्री पद्मा शर्मा आँचल, कवि मिलन माझी द्वारा स्वरचित कविताहरुको वाचन गरिएको थियो भने स्कूलका छात्री प्रिया लामाले पनि आफ्नै स्वरचित कविता प्रस्तुति दिएकी थिईन भने स्कूलका विद्यार्थीहरु द्वारा विभिन्न नेपाली गीतहरुमा नृत्य प्रस्तुत गरिएको थियो।
मूलतः १३ जुलाईको दिन कार्यक्रम गर्न समय नमिलेकोले आज भानु स्मरण दिवसको रुपमा आदिकवि भानुभक्त आचार्यलाई सम्झन्दै स्कूलको परम्परा कायम राखिएको र विगत दुई सालसम्म कोरोना महामारीको कारण स्कूलमा कार्यक्रम गर्न नपाएकोले यसपाली केही राहतपछि कार्यक्रम भव्यरुपमा नै सम्पन्न भएको स्कूलका सहशिक्षक श्याम प्रधान दीप लामाले जनाएका छन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement