सामाजिक समरसतामाथि संगोष्ठि आयोजित

IMG-20220518-WA0146.jpg

गान्तोक: राजधानी गान्तोकको तादोङ पाँच माइलस्थित सिक्किम विश्वविद्यालयको काबेरी हलमा बुद्ध जयन्तीको अवसरमा हिजो सामाजिक समरसता विषयमाथि संगोष्ठिको आयोजन गरियो। सामाजिक समरसता मञ्च, सिक्किमद्वारा आयोजित कार्यक्रममा सिक्किम उच्च न्यायालयका पूर्व न्यायधिश न्यायमूर्ति एसपी वाङ्गदी मुख्य अतिथि थिए।
कार्यक्रममा बैद्ध भिक्षु छेवाङ दोर्जी लामा र सिक्किम राज्य आर्चक तथा पुरोहित संगठनका अध्यक्ष पं. केशव खनाल विशिष्ट अतिथि रहेका थिए। यस कार्यक्रममा प्रमुख वक्ताको रूपमा अखिल भारतीय सामाजिक समरसता संयोजक श्याम प्रसाद साथै नगर प्रमुखहरूको उपस्थिति थियो।
कार्यक्रममा राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)-का तृतीय सर संघचालक बाला साहेब देवरसको हिन्दी भाषाको पुस्तक “सामाजिक समता और हिंदू संघटन” को नेपाली भाषामा अनुवादित पुस्तकको मुख्य अतिथिको बाहुलीद्वारा विमोजन गरियो। नेपाली भाषामा यस पुस्तकको नाम ‘सामाजिक समता र हिन्दू संघटन’ रहेको छ।
कार्यक्रमका प्रमुख वक्ता श्याम प्रसादले सामाजिक समरसताबाटै समाजको विकास हुँदछ भन्ने विषयमाथि बोल्दै भने, भगवान बुद्धदेखि लिएर स्वामी विवेकानन्दसम्मले धेरै महापुरूषको समरसताका लागि काम गरेका छन्। उनीहरूको सन्देशलाई व्यवहारमा उतार्नु हामी सबैको कर्तव्य हो।
कार्यक्रमका मुख्य अतिथि न्यायमूर्ति भोटियाले भने, बुद्धको योगदान संवेदनशीलता, करुणा, मैत्री, बन्धुभावमाथि रहेको छ। समरसताबाट नै राष्ट्रको विकास हुन सक्छ। उनले अघि भने, भारत देशको उत्तरी भागबाट सामाजिक समरसताको पवन भारत देशभरि फैलिनुपर्छ, जुन हाम्रो सपना हो।
राज्य आर्चक तथा पुरोहित संगठनका अध्यक्ष केशव खनालले आफ्नो सम्बोधनमा सबैसित समान व्यवहार गर्ने नै ब्राह्मण हो अनि समरसता सबैको काम हो भनी बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement