सर्वदलीय बैठकमा हाम्रो पार्टीको सुझाव

Screenshot_20231010_200028_WhatsApp.jpg

राहत वितरणको कार्य विना भेदभाव हुन पर्छ

दार्जीलिङ: राहत वितरण विना भेदभाव गरियोस् भन्ने हाम्रो पार्टीले आजको सर्वदलीय बैठकमा राख्यो आफ्नो पक्ष। बाँढ पिडितहरूलाई के कस्तो प्रकारले सहयोग पुराउन सकिन्छ भन्ने विषयमाथि आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले सर्वदलीय बैठक डाकेको थियो। आयोजित सर्वदलीय बैठकमा हाम्रो पार्टीको पक्षबाट केन्द्रीय प्रवक्ता श्याम गौतम, लाडुप घिसिङ, महकुमा समिति अध्यक्ष पुरण तामाङ, सह सचिव रेश्मा गुरूङ, केन्द्रीय कानुनी सल्लाकार वीरेन्द्र रसाइली आदि उपस्थित रहेका थिए। सर्वदलीय बैठकपछि हाम्रो पार्टीको केन्द्रीय प्रवक्ता श्याम गौतमले बाढ पिडितहरूलाई राहत समाग्री वितरणको कार्यमा भेदभाव नहोस् भन्ने आफुहरूको पक्षबाट सुझाव राखिएको बताए। पहाडको सरकार भनेको नै जीटीए हो। जीटीएले बाँढ पिडितहरूको बारेमा राज्य र केन्द्र सरकार समक्ष आफ्नो पक्षहरू राख्नुपर्छ अनि बिना भेदभाव बाँढ पिडितहरूलाई सहयोग प्रदान गरिनुपर्छ प्रवक्ता श्याम गौतमले भने। बाँढ पिडितहरूलाई पूनर्वासको ब्यवस्था अविलम्ब गरिनुपर्छ।

अब हुने बैठक राजनैतिक होइन तर प्रशासनिक स्तरमा हुनुपर्छ। बाँढ पिडितहरूलाई सहयोग पूराउन गठन गरिने कमिटीमा निर्वाचित जन प्रतिनिधिहरूलाई समावेस गरिनुपर्छ। स्थानीय प्रशासनिक अधिकारीहरू हुनुपर्छ अनि विषयमाथि जानकार भएकाहरूलाई समावेस गरिनुपर्छ भन्ने विषय हाम्रो पार्टीले आजको सर्वदलीय बैठकमा आफ्नो पक्ष राखिएको प्रवक्ता श्याम गौतमले बताए। त्यसरी नै हाम्रो पार्टीको अर्को प्रवक्ता लाडुप घिसिङले जब जातिमाथि कुनै प्रकारको समस्याहरू आईपर्छ तब हामी राजनीतिदेखि माथि उठेर काम गर्नुपर्छ भन्ने हाम्रो पार्टीको अडान छ। त्यसैकारण आजको सर्वदलीय बैठकमा हामी उपस्थित भएका हौं तिनले भने।आज हाम्रो सन्तानहरूले दु:ख पाएको छ अनि हाम्रो सन्तानहरूलाई दु:खको भुमरीबाट कसरी बाहिर निकाल्न सक्छौं त्यसबारे हामी अति नै चिन्तित छौं। बाँढ पिडित हाम्रो सन्तानलाई हामी सबै दिल्ली नै जानु परेको खण्डमा पनि हामी तयार छौं प्रवक्ता घिसिङले भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement