अब टोटो चालकहरूले हावड़ा ब्रिजमा गरे जाम

IMG-20230410-WA0169-11-300x172-2

कोलकाताः मंगलवार अफिस जाने समय हावड़ा ब्रिजको मध्य कोलकाताको एक विस्तृत क्षेत्र अचानक ठप्प भयो। मंगलवार बिहान ११ बजीपछि हजारौं टोटो र मोटर चालकहरूको एक लामो जुलूसले ब्रेबोर्न रोड र वरिपरिका सबै सड़कहरूलाई अवरूद्ध गऱ्यो। हावड़ा ब्रिज शिल्पांचलदेखि कोलकाताको प्रवेशद्वार हो। यसलाई जाम गर्दा पूरा कोलकाता र शिल्पांचल क्षेत्रमा ट्राफिक जामको स्थिति बन्छ।

केही दिनअघि आदिवासीहरूको आन्दोलनको कारण यसैगरी अचानक हावड़ा ब्रिजमा ऱ्याली निकालिएको थियो, जसले गर्दा मानिसहरूलाई भारी समस्याहरूको सामना गर्न पऱ्यो। अब टोटो चालकहरूको यस जुलूसको कारण हावड़ा ब्रिजका दुवैतिर हजारौंको संख्यामा गाड़ीहरू खड़ा भएका छन्।

सूत्रहरू अनुसार, टोटोलाई रेगुलराइज गर्ने औं जीटी रोडमा चल्न दिने अनुमतिको माग गर्दै यो आन्दोलन भइरहेछ। अहिले कोर्टले टोटोको निम्ति पञ्जीकरण अनिवार्य गरेको छ र जीटी रोडमा चल्नमा रोक लगाएको छ, जस विरूद्ध लामो समयदेखि आन्दोलन गर्ने चेताउनी दिइँदै आइएको थियो। कोलकाता पुलिसका एक अधिकारील भने, हावड़ा ब्रिजलाई जाममुक्त गर्नका लागि छिटोभन्दा छिटो ऱ्यालीलाई जान दिनमा सहयोग गरिन्दैछ। दिउँसो २ बजीपछि स्थिति सामान्य हुनसक्छ।

-हिस

About Author

Advertisement