उजुरीको आधारमा श्रीमती पुलिस हिरासतमा
उत्तर दिनाजपुर : इस्लामपुरमा राति अबेर घरभित्र पसेर एक युवकको हत्या भएपछि क्षेत्रमा सनसनी मच्चिएको छ। मृत्यु हुने युवकको नाम अभिजित तरफदार (३६) हो । घटनामा मृतककी आमा घाइते भएकी छन्। घटना इस्लामपुर शहरको ब्लक पारा क्षेत्रमा भएको हो। घटनामा मृत्यु भएका युवककी श्रीमतीलाई सोधपुछका लागि हिरासतमा राखिएको छ । यद्यपी यो घटनाको कारण भने खुल्न सकेको छैन । मृतक युवककी आमा प्रतिमा तरफदारले मृतककी श्रीमतीले केही बदमाश ल्याएर घटना गराएको आरोप लगाएकी छन् । घटनाबारे इस्लामपुर पुलिस थानाले अनुसन्धान सुरु गरेको छ ।