कक्षाकोठामा सर्प पस्दा विद्यार्थीमा त्रास

IMG-20231010-WA0190.jpg

जलपाईगढ़ी। स्कुलमा कक्षा चलिरहेको बेला अचानक कक्षाभित्र सर्प पसेको घटनाले विद्यार्थीहरुमा खैलाबैला मच्चिन पुगेको थियो। कक्षामा पढ़ाई सुरु हुँदा उक्त घटना भएको थियो भने सर्प देखेपछि सबै विद्यार्थीलाई कक्षाबाट बाहिर भागाभाग भएको थियो। राजगञ्जको आमबारी फलकाटा खरखरिया प्राइमरी स्कुलमा भएको उक्त घटनापछि त्यहाँ हंगामा मच्चिएको थियो। मंगलाबार विद्यालयको कोठामा यसरी सर्प पस्दा विद्यार्थीको सुरक्षालाई ध्यानमा राख्दै विद्यार्थीहरूलाई तत्कालै कक्षा कोठाबाट बाहिर निकालिएको थियो। लगत्तै वन विभागलाई जानकारी गराएपछि बनकर्मीहरु घटनास्थलमा पुगेर धेरै प्रयासपछि सर्पलाई विद्यालयबाट निकालिएको थियो।

यद्यपि विद्यार्थीहरु सबै नै सुरक्षित रहेको स्कूलका शिक्षकहरुले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement