कोचबिहार। भाजपा कार्यकर्ता र समर्थकहरूले भाजपा पञ्चायत सदस्यका श्रीमानलाई पक्राउ गरेको विरोधमा दिनहाटाको भेटागुड़ी बजार क्षेत्रमा राज्य सरकार विरुद्ध प्रदर्शन गरे। भाजपा कार्यकर्तालाई पुलिसले झुटो आरोपमा पक्राउ गरेको भाजपा कार्यकर्ताहरुको आरोप रहेको छ भने पुलिसले तृणमूलको पक्ष लिएको भाजपाको आरोप छ। सो घटनाको विरोधमा आज भाजपा कार्यकर्ता र समर्थकहरुले भेटागुड़ी बजार क्षेत्रमा सड़क अवरुद्ध गरेका थिए। जसका कारण कोचबिहार र दिनहाटा बीचको यातायात लगभग बन्द रहेको थियो।

स्थिति नियन्त्रणमा लिन दिनहाटा पुलिस थानाबाट ठूलो संख्यामा पुलिसबल घटनास्थलमा पुगेको थियो। भाजपा कार्यकर्ता रिहा नभएसम्म आन्दोलन जारी रहने भाजपा नेताहरुले जनाएका छन्।