सिलगढ़ी। सिक्किममा बाँध भत्किँदा टिस्टा नदीमा आएको बाढ़का कारण सिक्किम, कालेबुङदेखि जलपाईगढ़ी जिल्लासम्मका ठूलो संख्यामा मानिसहरू घरबारविहीन भएका छन्। यी बाढ़पीड़ितहरूलाई सिलगढ़ी नगरनिगमले राहत सामग्री पठाएका छन्।

मंगलाबार सिलगढ़ी नगरपालिकाले प्रभावित परिवारलाई चामल, दाल, तेल, तरकारी, बच्चाको खाना, कम्बल र औषधिलगायत राहत सामग्री लगेको थियो। सो कार्यक्रममा सिलगढ़ीका मेयर गौतम देव, उपमेयर रञ्जन सरकार, कमिश्नर सोनम वाङ्दी भोटियालगायत अन्यान्यको उपस्थिति रहेको थियो।