“विश्व युवा कौशल दिवस” पालन

IMG-20220715-WA0147.jpg

गोरुबथान: आज “विश्व युवा कौशल दिवस” हो।यसै सुअवसरमा करितस् इन्डियाद्वारा प्रायोजित अनुज्ञालय संस्थाको पहलमा गोरुबथान खण्ड स्तरीय बाल संघका १८ वर्ष पुग्न लागेका युवा साथै बाल बालिकाहरूलाई लिएर गोरुबथान युथ अफिसको युथ अफिसर विस्वाजित दाससित भेटघाट कार्यक्रमको आयोजना गरेको थियो। जसमा १८ बर्ष पुग्न लागेको बाल बालिकाहरू उक्त विभागसंग संलग्न रहेको युवाहरूको निम्ति के कसो सुविधाहरू एवं युवाहरूलाई बाटो बिराउनदेखि रोक्नु केही माध्यम रहेको छ या छैन जान्ने चेष्टा गरेको थियो। युथ अफिसरसंग भेटघाटको क्रममा नानीहरूले विभिन्न विषयहरुमा बातचीत गरेको जसमा, युथहरुको संघ विभागमार्फत हुने वा नहुने, जसरी संस्थाको देखरेखमा चाइल्ड पार्लीयमेन्ट हुन्छ के त्यसरी नै युथ पर्लीयमेन्ट रहेको हुन्छ ?? आदि जस्ता बातचीत गरे। उहाँद्वारा समग्रमा सिंगल टाइम युज प्लास्टिक बारे जति सक्दो प्रयोग नगरी दिने बारे अनुरोध गरे। संस्थाको पक्षबाट प्रदेश राई, अलिशा तामाङ, प्रिय लेप्चा साथै ११ जना बाल बालिक पनि रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement