भाजपा विधायक दलले फर्कायो ममताको पूजा उपहार

image-750x-2023-10-07-12_29_34pm-652101d6c17b6.jpg

काेलकाता: भाजपा विधायक दलले मुख्यमन्त्री ममताद्वारा पठाइएको पूजा उपहारको साड़ीहरू फर्काएको छ। गत साता मुख्यमन्त्रीको तर्फबाट विधानसभा सचिवालयको माध्यमले महोत्सवको उपहार पठाइएको थियो।

मुख्यमन्त्रीले सत्तारूढ़ तृणमूल कांग्रेस र विपक्षी भाजपाका महिला विधायकहरूलाई साड़ी पठाएकी थिइन्। तर विपक्षी विधायकहरूले साड़ी फर्काएका छन्।

विधानसभा सूत्रहरू अनुसार, गत हप्ता मन्त्री चन्द्रिमा भट्टाचार्यले तृणमूल महिला विधायकहरूलाई उपहार बाँड़ेकी थिइन्। मन्त्री फिरहाद हकीम भाजपा विधायकहरूका लागि उपहार लिएर पुगे औं मुख्यमन्त्रीको शुभकामना पनि दिए। पछि विपक्षका नेता शुभेन्दु अधिकारीको निर्देशमा भाजपाका सात महिला विधायकले ममताको उपहार पुनः विधानसभा सचिवालय पठाए।

उपहार फर्काउने फसेलामा भाजपा विधायक अग्निमित्रा पालले भनिन्, ममता ब्यानर्जीको पुलिसको विफलताको कारण कामदुनीका दोषीहरू मुक्त भए। पूरा प्रदेशमा भाजपा कार्यकर्ताहरूको हत्या भइरहेछ, झूठा मामिलाहरू दर्ता गरिन्दैछ। महिलाहरूमाथि अत्याचार भइरहेछ। हामीलाई विधानसभामा बोल्ने अनुमति छैन। यसपछि तपाईले हामीबाट साड़ी लिने आशा कसरी राख्न सक्छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement