सिलगढी: सिलगढी पुलिसले दुइजना युवकहरूलाई प्रतिबन्धित कफ सिरपको साथमा पक्राउ गरेको छ। तिनीहरूलाई सिलगढी अदालतमा पेश गरेको छ। यसरी प्रतिबन्धित कफ सिरपसहित पक्राउ पर्ने युवकहरू दिपक पोद्धर जो सन्तोषी नगर निवासी हुन भने ४ नम्बर वार्डका महाराजा कोलोनी निवासी अनुप साहिनी हुन्। दुइजना युवक कफ सिरप बेच्न घुमिरहेको खबर पुलिसले प्राप्त गरेपछि तुरन्तै एक अभियान चलाएर सो युवकहरुलाई हिन्दी हाई स्कुल सिलगढी पछिल्तिर बाइकमा सवार भएर घुमिरहेको बेला रोकेर सोधपुछ गर्दा पक्रा परे।ति दुई युवकसित ५० बोतल प्रतिबन्धित कफ सिरप उद्धार गरेको छ।