भारतीय वायु सेनाद्वारा लाचेन र लाचुङमा फसेका पर्यटकहरूको रेस्क्यू शुरू

IMG-20231009-WA0399.jpg

गान्तोक: भारतीय वायु सेनाले उत्तर सिक्किममा फसेका पर्यटकहरूलाई निकाल्न आफ्नो दोस्रो दिनको निकासी मंगलवार बिहानदेखि शुरू गरेको छ। मौसम अनुकूल बनेपछि थालिएको निकासी अन्तर्गत हिजो पहिलो दिन कुल ३५० भन्दा धेरै पर्यटक तथा स्थानीय मानिसहरूलाई सुरक्षित निकालिएको थियो।

मंगलवार बिहान सेनाको हेलिकप्टरले उत्तर सिक्किमको लाचेनबाट १८ जनालाई रेस्क्यू गरेर मंगनस्थित रिङहिम हेलिप्याडमा उतारेको छ। १८ जना मध्ये दुई जना श्रमिक पनि रहेको बताइएको छ। यसैगरी, लाचेनबाट पनि राजधानी गान्तोकको लिबिङस्थित सेनाको हेलिप्याडमा फसेका मानिसहरूलाई उतारिएको थाहा लागेको छ।

उत्तर सिक्किमको लाचुङबाट पनि फसेका पर्यटकहरूलाई निकाल्ने काम गरिएको छ। यस क्रममा आज बिहान सेनाको हेलिकप्टरले दुईजना स्थानीयलगायत १७ जना पर्यटक लाचुङबाट रेस्क्यू गरेर पाकिमस्थित ग्रीनफिल्ड एयरपोर्टमा उतारेको छ। फसेका मानिसहरूलाई आफ्नो-आफ्नो गन्तव्य स्थलसम्म पुऱ्याउन राज्य यातायात विभागले एयरपोर्ट बाहिर एनएसटी बसको व्यवस्था गरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement