२१औं शताब्दीमा पनि रोड नभएर पैदल हिँड्न बाध्य अप्पर रेलिङको शेर्पा गाउँका मानिसहरू

IMG-20220715-WA0145.jpg

बिजनबारी: बिजनबारीको अप्पर रेलिङ शेर्पा गाउँमा २१औं शताब्दीमा पनि गाडीको बाटो नभपछि पैदल हिड्नु बाध्यता रहेको छ। सरकारद्वारा डिजिटल इण्डिया तथा मोडल भिलेजको कुरा गर्छन्। ती सबै केवल सोनामा मात्र सिमित रहेको छ। यसै क्रममा दार्जिलिङ पुलबजार खण्डको रेलिङ ग्राम पञ्चायत अधीनस्थ अप्पर रेलिङ शेर्पा गाउँका मानिसहरूले पक्की बाटोको प्रतिक्षामा युगौं बितिसकेको छ। बर्खायाम शुरू हुनसाथ क्षेत्रका विद्यार्थीहरूलाई स्कूल जानलाई धेरै कष्टकर हुने गरेको छ भने यदि केही पनि बिमारी भए अस्पताल लादा लाँदै बाटोमै अकाल मुत्युलाई अङ्गाल्नुपर्छ।
ब्रिटिसकालीन समयको अप्पर रेलिङ “टङ्लु रोड”- को नामले परिचित भएता पनि बाटो भने अहिलेसम्म अलाकत्रे भएको छेैन। घाम लागेको समयमा दु:ख सुख कहिलेकाहीँ गाडी आएता पनि चालकहरूले आफ्नो ज्यान हत्केलामा राखेर गाडी कुदाउने गरेका छन्। तथापि , यो बर्खायामा मानिसहरूले राशन साथै अन्य सर सामानहरू बोकेर ल्याउनुपर्ने अवस्था रहेको छ। उक्त क्षेत्रको मुख्य बजारको रूपमा बिजनबारी बजार रहेको छ। यसर्थ क्षेत्रवासीको हितमा सम्बन्धित विभागले निरीक्षण गरी तथा क्षेत्रवासीको दु:खेसोलाई ध्यानमा राखी पक्की सडक बनाईदिने स्थानीयहरूको मांग रहेको छ।

About Author

Advertisement