गान्तोक: आज बिहान राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ अनि परम विशिष्ट सेवा मेडल, अति विशिष्ट सेवा मेडल, विशिष्ट सेवा मेडल, एडीसी, पूर्वी कमानका जीओसी-इन-चीफ एवं चीफ अफ् आर्मी स्टाफ जनरल मनोज पाण्डेमाझ सौहार्द्रपूर्ण भेटघाट भयो। जनरल पाण्डेसँग परम विशिष्ट सेवा मेडल, उत्तम युद्ध सेवा मेडल, अति विशिष्ट सेवा मेडल, सेवा मेडल, विशिष्ट सेवा मेडल, जीओसी ३३ कोरका लेफ्टिनेण्ट जनरल आरपी कालिता, जीओसी १७ माउण्टेन डिभिजनका लेफ्टिनेण्ट जनरल भीपीएस कौशिक, मेजर जनरल अमृत कबथियाल साथमा रहेका थिए भने बैठकमा राज्यका मुख्य सचिव भीबी पाठकको पनि उपस्थिति रहेको थियो। बैठकमा हालै आएको प्राकृतिक आपदाबारे व्यापक छलफल भयो। यस संकटको घड़ीमा एकार्कामा समन्वय बनाएर प्रभावित क्षेत्रमा कार्य गर्नुपर्ने कुरामाथि छलफल भयो।