आगामी स्वाधीनता दिवस समारोहको लागि खरसाङ नगरपालिकाको आयोजनामा सभा सम्पन्न

IMG-20220715-WA0144.jpg

खरसाङ: आज खरसाङ नगरपालिकाको आयोजनामा नगरपालिकाको प्रेक्षा गृहमा खरसाङ बजार क्षेत्रका विद्यालयहरूलाई लिएर सभा सम्पन्न भएको छ। उक्त सभामा खरसाङ नगरपालिका र जीटीएको आयोजनामा आगामी १५ अगस्तको दिन भव्य रुपमा स्वाधीनता दिवस पालन गर्ने विषयमा चर्चा परिचर्चा गरिएको छ। कोरोना महामारीले गर्दा विगत दुई वर्ष भव्य रूपमा स्वाधीनता दिवस पालन गर्न नसकेको कारणले गर्दा यसपाली खरसाङ नगरपालिकाको पहलमा जीटीएको सहयोगमा खरसाङको मन्टिभियट खेल मैदानमा भव्य रूपमा स्वाधीनता दिवस पालन गर्ने निर्णय लिएको जानकारी प्राप्त भएको छ।
आजको सभामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय सदस्य समीरदीप ब्लोन, हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको केन्द्रीय अध्यक्षा करूणा गुरुङ, खरसाङ टाउन कमिटीको पदाधिकारीहरू लगायत विभिन्न विद्यालयहरूका प्रधान अध्यापक प्रधान अध्यापिकाहरू र प्रतिनिधिहरू उपस्थित रहेका थिए। आजको सभा विषयमा पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले यसरी बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement