मुख्य न्यायाधीशले गरे बाढी प्रभावित क्षेत्रहरूको निरीक्षण भ्रमण

n545695586169687414151313676f07fd9748cbe1ac8095bdc00efe55566c75d530e490346695a522459830.jpg

गान्तोक: सिक्किम उच्च न्यायालयका मुख्य न्यायाधीश न्यायमूर्ति विश्वनाथ सोमाद्दरले आज बाढी प्रभावित सिङताम र रम्फूको भ्रमण गरेर विभिन्न स्थानहरूमा स्थापना गरिएका राहत शिविरहरूको निरीक्षण गरे।

न्यायमूर्तिले आफ्नो भ्रमण मेधवी स्किल्स युनिभर्सिटीमा स्थापना गरिएको राहत शिविरबाट सुरु गरे। त्यसपछि माझीटार सरकारी माध्यमिक विद्यालय, रम्फू सरकारी उच्च माध्यमिक विद्यालय र माझीगाउँस्थित विश्वदीप समाज भवनमा स्थापित राहत शिविरहरूको भ्रमण गरे।

उनले ती राहत शिविरमा रहेका मानिसहरूसॅंग अन्तरक्रिया गरे भने राहत शिविरका लागि अत्यावश्यक सामग्री पनि वितरण गरे। न्यायमूर्तिले रम्फूमा अटल सेतु पुल र सिंगतामस्थित इन्द्रेणी पुलको पनि निरीक्षण गरे। यस भ्रमण अवधि जिल्ला प्रशासन र उच्च न्यायालयका अधिकारीहरू पनि सामेल थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement