नाम्ची: नाम्ची लोकल ट्याक्सी ड्राइभर वेलफेयर एसोसिएशनले टिस्टा बजारका बाढ पीडितहरूलाई राहत सामग्री वितरण गरेको छ। राहत सामग्री वितरण कार्य सो एसोसिएशनका सदस्यहरूबाट अर्थ संग्रह गरेर गरिएको बताइएको छ।
यस कार्यका लागि एसोसिएशनलाई टिस्टा सिन्डिकेट स्टोरका प्रतिनिधिहरूले धन्यवाद दिएको एसोसिएशनका उपाध्यक्ष प्रेम राईले जानकारी गराएका छन्। अर्कोतिर, उनले सामाजिक सञ्जालमा सिक्किममा राहत वितरणमा भेदभाव भइरहेको छ भन्ने जुन आरोप लगाइॅंदै त्यो जुटो रहेको बताएका छन्।