रुखका हाँगाहरू काटेर बेचेको आरोपमा दुईजना पुलिस हिरासतमा

243d6303-55a0-43b8-9892-65a03eafe9eb-1024x576.jpg

सिलगढी: रुख छाँट्ने बहानाले रुखका हाँगाहरू काटेर बेचेको आरोपमा एनजेपी पुलिसले २ जनालाई हिरासतमा लिएको घटना सिलगढी नगरनिगमको ३४ नम्बर वार्ड इलाकामा घटेको हो।यस इलाकामा एउटा धेरै पुरानो बरको रुख छ। स्थानीय मानिसहरूको आरोप अनुसार केही मानिसहरूले यो रुखको छाँट्ने बहानाले रुखका हाँगाहरू काटेर बेच्ने प्रयास गरिरहेको थियो। आज दिउँसो स्थानीय मानिसहरूले घटनाबारे थाहा पाएपछि दुईजना व्यक्तिलाई पक्रेर पुलिसलाई खबर दिए। घटनाको खबर पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर दुईजना व्यक्तिलाई हिरासतमा लिएर थाना लगेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement