अनित थापाद्वारा आजदेखि लालकोठी पुगेर सम्हाले जीटीए चिफ् एक्जीक्युटिभको पद

IMG-20220715-WA0143.jpg

दार्जिलिङ: दार्जिलिङको लालकोठी पुगेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाले आजदेखि जीटीए चिफ् एक्जीक्युटिभको पद सम्हालेका छन्। अनित थापाले जीटीए चिफ् एक्जीक्युटिभको रुपमा कार्यभार शुरु गर्न अघि पूजा अर्चना गरेका थिए। आफ्नो समर्थकहरू र सभासदहरूको साथमा लालकोठी पुगेर अनित थापाले जीटीए चिफ् एक्जीक्युटिभको पद ग्रहण गरेका छन्। उल्लेखनीय छ गत २६ जूनको दिन भएको जीटीए चुनावमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले बहुमत प्राप्त गरेको थियो भने गत १२ जुलाईको दिन जीटीए क्षेत्रका सबै ४५ वटै समष्टिहरूका जम्मा ४४ जना नव निर्वाचित सभासदहरूले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको उपस्थितिमा शपथ ग्रहण गरेका थिए। त्यसरी नै अनित थापाले हिज १४ जुलाईको दिन जीटीएको पहिलो सभा सम्पन्न भएको थियो जसमा सबैले जीटीएको चिफ् एक्जीक्युटिभको रुपमा अनित थापालाई चयन गरेका थिए। उक्त पहिलो सभापछि अनित थापाले राज्यको राज्यपाल जगदीप धङ्करबाट जीटीए चिफ् एक्जीक्युटिभको रुपमा शपथ ग्रहण गरेका थिए। यस अवसरमा दार्जिलिङको लालकोछीमा नै मीडियासित बोल्दै अनित थापाले लालकोठी जनताको दरबार हो र यो चौकी जनताको हो भन्दै अब हामीले जनताको लागि काम गर्नुपर्छ भनी बताएका छन्। उनले जनआकांक्षाले हामीलाई यहाँ ल्याएको छ, राम्रोसँग काम गर्नुपर्छ भन्दै हामीले सरकारको फण्डमा विगतमा पनि राम्रो काम गरेका छौं भनी दाबी पनि गरेका छन्। थापाले ८६ देखि राजनैतिक स्थिति परिवर्तन भएर नयाँ युगतर्फ लागेका छौं भन्दै यसपाली जनताले हामीलाई पहाडमा केही गर्छ भनेर भोट दिएर बिजय बनाएका छन् र हामीले पनि जनताको लागि काम गर्नु नै पर्छ भनी बताएका छन्। उनले हिज राज्यको राज्यपाल जगदीप धङ्करले दिएको सम्भाषणलाई पनि सकरात्मक रुपमा लिएको बताउँदै सरकार अडिटबिना चल्दैन अनि प्रत्येक वर्ष जीटीएमा पनि अडिट भईरहेको दाबी गर्दै राज्यपालले भनेको अडिटलाई पनि सदैव स्वागत छ भनी बताएका छन्। जीटीएको नयाँ चिफ् एक्जीक्युटिभ अनित थापाले हाम्रो बिजय जुलुस अब पाँच वर्षपछि हाम्रो काम हेरेर जनताले भोट दिएर बिजय बनाएपछि मनाउनु पर्ने बताएका छन्। उनले धेरै च्यालेञ्चहरू लिएर अघि बढ़्नु पर्ने र धेरै काम गर्नु पर्ने हुन्छ भन्दै आफुलाई २०१७ देखि साथ र सहयोग गर्नेहरू सबैप्रति आभार प्रकट गरिन् तर अब पनि सबैले साथ र सहयोग गर्नु पर्ने आह्वान् गरेका छन्। उनले म य चौकीमा बसेर कुनै पनि राजनैतिक पार्टी भनेर छुट्टयाउनु हुँदैन र यो चौकी जनताके हो र सम्पूर्ण जीटीए क्षेत्रको नै हो भनी बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement