श्रेया रावत बनिन् नमस्ते खरसाङद्वारा आयोजित नृत्य प्रतियोगिता सिजन एकको विजेता

IMG-20231009-WA0387.jpg

खरसाङ: नमस्ते खरसाङद्वारा आयोजित १५ वर्ष मुनिका नानीहरुलाई लिएर आयोजित नृत्य प्रतियोगिता पहिलो सिजनको विजेता बनिन् श्रेया रावत। खरसाङको एक लोकल च्यानल नमस्ते खरसाङको अायोजनामा १५ वर्ष मुनिकाहरूलाई लिएर नृत्य प्रतियोगिता सम्पन्न भएको छ। गत ३० सेप्टेम्बरदेखि शुरू भएको उक्त नृत्य प्रतियोगितामा सिक्किम, कालेबुङ, सिलगढी, मिरिक, दार्जिलिङ, खरसाङ, सुकना, तीनधारे क्षेत्रका जम्मा ३१ जना नानीहरूले भाग लिएका थिए। ३१ जनामा क्वाटर फाइनल, सेमी फाइनल गरेर अन्त्यमा ग्राउण्ड फिनालेमा जम्मा 5 जना नानीहरू प्रवेस गरेका थिए। उक्त नृत्य प्रतियोगितामा निर्णायकको रूपमा जमुना शर्मा, विवेक छेत्री र सिल्भेष्टर लेप्चा रहेका थिए भने ग्राण्ड मास्टरको रूपमा नृत्य गुरु अशोक थापा रहेका थिए। त्यसरी नै ध्रुव रसाईली र अरूणा छेत्री सुन्दास अतिथि निर्णायकको रूपमा उपस्थित रहेका थिए। यस प्रतियोगितालाई सबिना गिरी र दिव्यत्तम अधिकारीले सञ्चालन गरेका थिए। यस नृत्य प्रतियोगिताको विजेता श्रेया रावत बनेकी छन्। उनलाई अाकर्षक ट्रफीको साथमा नगदराशि १० हजार अतिथिद्वय रमेश अग्रवाल र टीटी लामाको बाहुलीबाट प्रदान गरिएको छ। त्यसरी नै यस नृत्य प्रतियोगितामा दोस्रो राशी राई, तेस्रो रोसिका राई, चौथो अन्वेषा विश्वकर्म र पाँचौ अश्विनी गुरुङ भइन्।

कार्यक्रममा प्रतियोगितामा भाग लिने सबै प्रतियोगीहरूलाई स्मृति चिन्ह्रहरू प्रदान गरिएको छ। यसपाली १५ वर्षमुनिका नानीहरूलाई लिएर नृत्य प्रतियोगिता आयोजना गरिएको छ भने आगामी दिनमा खुल्ला नृत्य प्रतियोगिता पनि अायोजना गरिने तर त्योभन्दा पहिला खुल्ला गायन प्रतियोगिता आयोजना गरिने भएको नमस्ते खरसाङको निर्देशक निर्मल गुरुङले जानकारी गराएका छन्।

About Author

Advertisement