तीनधारेमा नि:शुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न

IMG-20231009-WA0385.jpg

खरसाङ: तीनधारेको मित्र संघ गोलाई पाखा र रिध्दी हेल्थ केयर सेन्टर सालबारीको अायोजनामा तीनधारेको महात्मा गाँधी हलमा नि:शुल्क स्वास्थ्य जाँच शिविरको आयोजनाम गरिएको छ। उक्त नि:शुल्क स्वास्थ्य जाँच शिविरमा तीनधारे र वरिपरि क्षेत्रका जम्मा १०० जनाले नि:शुल्क स्वस्थ्य जाँच गराएका थिए भने औषधिहरू पनि नि:शुल्क रूपमा वितरण गरिएको थियो। यस शिविरमा साधारण रोग विशेषज्ञ डा एसके खान, छाला रोग विशेषज्ञ डा. सबिना रोंगोंग, बाल रोग विशेषज्ञ डा वाङ्गेल लामा लगायत रिध्दी हेल्थ केयर सेन्टरका छजना टेक्निशियनहरू र सहयोगीहरू उपस्थित थिए। रिध्दी हेल्थ केयर सेन्टरको सह मालिक रजत शाहा, मित्र संघको सभापति मसीह प्रकाश मोक्तान, सचिव राजेस सेवा, सल्लाहकार मार्थरानी राई पनि उपस्थित रहेका थिए भनी ईशान्त विश्वकर्मले जानकारी गराएका छन्। उनले बताए अनुसार यस्ता नि:शुल्क स्वास्थ्या जाँच शिविर अागामी दिनमा पनि आयोजना गरिने भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement