खरसाङ: खरसाङ खण्डको महानदी ग्राम पञ्चायत अन्तर्गत रहेका महानदी मल्टी पर्पोस वुमेन्स कोओपरेटिभ सोसाइटी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ। उक्त सभालाई सञ्चालन सीएसपी एफएम साङ्मु भोटियाद्वारा गरिएको थियो। सभाको शुरूमा स्वनिर्भर दलको थिम गीत प्रस्तुत गरिएको थियो। सभामा को-अर्डिनेटर रेणु शेर्पा, चेयरपर्सन प्रतिमा गिरी र बीएल रोजी राईद्वारा दीप प्रज्वलन गरिएको थियो। सभामा सीएसपी लक्की प्रधानले यस वर्षको नयाँ समूह कतिवटा भयो, स्वनिर्भर दलमा आउनु पर्ने आवश्यकता किन छ? नारीहरू स्वनिर्भर दलमा आएर आफै सक्षम हुन्छौं भन्ने कुराहरू बताइन्।

त्यसरी नै बीएल रोजी राईले पनि यस वर्ष कतिवटा समूहले लोन पायो भन्ने विषयमा बताइन्। यसरी नै सभामा सेसाईटीको सचिव निलम राईले २०२२-२३ को योजना र ट्रेनिङहरू साथै रकमहरू (फण्ड) विषयमा जानकारी गराएका थिए। सभामा सीएसपी साङ्मु भोटिया अनि प्रत्येक समूहको सोसाईटी प्रतिनिधि लिएर यो कार्य सफल भएको बताइएको छ।

सभामा तीनवटा समूहलाई अवार्ड प्रदान गरियो। जसमा कोठीडाँड़ा स्वनिर्भर दल जंगपाना, एकता स्वनिर्भर दल घुम्ती र पुष्पाञ्जली स्वनिर्भर दल गिताङ्गेलाई अवार्ड प्रदान गरिएको छ। यस्ता अवार्डले स्वनिर्भर दलहरूलाई हौसला र प्रेरणा प्रदान गरून् भनी लक्की प्रधानले जानकारी दिएकी छन्।