मिरिकको ओकाईटीमा भएको हत्याकाण्डमा बाँच्न सफल ९ वर्षीय नातिनीलाई न्याय दिलाउन मिरिक नव निर्माण संघद्वारा केन्द्र सरकार समक्ष गुहार

IMG-20220715-WA0142.jpg

मिरिक: विगत केही हप्ता अघि मिरिक महकुमाको ओकेटी चियाबगानस्थित पुरानो स्कूल डाँड़ा निवासी ४८ वर्षीय महिलाको हत्याकाण्डमा अप्रत्याशित ढंगमा बाँच्न सफल बनेकी ९ वर्षीय नातिनीलाई न्याय दिलाउने पक्षमा मिरिक नव निर्माण संघले केन्द्र सरकार समक्ष गुहार लगाएका छन्। मिरिक प्रेस क्लबमा आयोजित एक प्रेस सम्मेलनलाई सम्बोधन गर्दै संघका प्रमुख लाडुप घिसिङले बाँच्न सफल बनेकी नानीमाथि पनि हत्याराहरुले हत्या गर्ने उद्देश्यले हाथ खुट्टा बाँधेर दिवानमा हालेको बताउँदै यस घटनाले ९ वर्षीय नानीलाई एट्रोसिटि एक्ट अनुसार भारत सरकारले न्याय दिनु पर्ने माग गर्दै पत्रचार गरेको कुरा बताएका छन्। घिसिङले हत्याराहरुले कठोर सजाय पाउनु पर्ने मांग समेत गरेका छन्। यसरी नै नानिलाई न्याय दिलाउनको निम्ति खडा भएको चाइल्ड लाइन खर्साङका इन्चार्ज इशा लेप्चाले उक्त घटनाको तीब्र प्रतिबाद गर्दै तथा मृतक महिलाको आत्मा शान्तिको प्रार्थना गर्दै चाइल्ड लाइन तथा प्रशासन पक्षबाट न्याय दिलाउने चेष्टा भईरहेको बताइन्। लेप्चाले यस्तो घटना आगामी भविष्यमा हुन नदिनको निम्ति प्रत्येक नागरिक एवं नागरिक समाज सचेत एव जागरुक बन्नु पर्ने आवश्यकतामाथि जोड दिइन्। पत्रकार सम्मेलनमा चाइल्ड लाइनका टिम सदस्य किशोर छेत्री, सौरभ बसेल आदि उपस्थित थिए।

About Author

Advertisement