गान्तोक: उत्तर सिक्किममा आज मुख्यमन्त्री चिकित्सा राहत कोषबाट कुल ३२ जना बिरामीलाई आर्थिक सहयोग प्रदान गरिएको छ। उक्त जानकारी एसकेएम पार्टीले प्रेस विज्ञप्तिमा दिएको छ।
विज्ञप्ति अनुसार, गत केही दिनअघि मुख्यमत्रीको उत्तर सिक्किम भ्रमणका क्रममा बिरामीहरूको पक्षबाट आएको आवेदनको सुनवाइ गर्दै चिकित्सा सहायता प्रदान गरिएको हो। आज मंगान जिल्ला प्रशासनिक केन्द्रमा मुख्यमन्त्री कार्यालयका अधिकारीहरूले उक्त चेक वितरण गरे।
राज्यमा जलप्रलयका कारण नागरिकहरू धेरै प्रभावित भएका समय पीड़ितहरूका लागि मुख्यमन्त्रीले सहयोग पुऱ्याइरहेका छन्। यस्तो परिस्थितिमा बिरामीहरूले राखेका आवेदनको सुनवाइ गर्दै उपचार सहयोग प्रदान गरिएकोमा लाभार्थी लगायत उनीहरूका अभिभावकहरूले मुख्यमन्त्रीप्रति कृतज्ञता प्रकट गरेको विज्ञप्तिमा उल्लेख छ।