नुमालीगढ़ रिफाइनरी लिमिटेडद्वारा एसएफएलाई एम्बुलेन्स प्रदान

n5456810901696866548728948e3c411011e379a4655f6e039ba92d64d4eb218a9325aa07f0e2cfe59eeb3c.jpg

गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यसॅंग आज नुमालीगढ़ रिफाइनरी लिमिटेड, पेट्रोलियम एवं प्राकृतिक ग्यास मन्त्रालय, भारत सरकार अधिकृतका स्वतन्त्र निदेशक सुदीप प्रधान, सिक्किम फुटबल एसोसिएशन (एसएफए) का अध्यक्ष मेनला इथेन्पा र उनको टोलीले शिष्टाचार भेट गऱ्यो।

यस भेट अवधि स्वतन्त्र निदेशक प्रधानले राज्यपालको बाहुलीद्वारा पूर्ण विकसित एम्बुलेन्स सिक्किम फुटबल एसोसिएशनलाई प्रदान गरे।

राज्यपाल आचार्यले नुमालीगढ़ रिफाइनरी लिमिटेडले प्रदान गरेको एम्बुलेन्स सिक्किम फुटबल एसोसिएशनलाई हस्तान्तरण गर्न पाउॅंदा खुशी लागेको बताए। यो आपदाको समयमा नुमालीगढ़ रिफाइनरी लिमिटेडको कार्यको सराहना गरे।

उनले भने, कसैको दुःखमा उभिनु सबैभन्दा ठूलो मनुष्यता हो। यो प्रतिकूल परिस्थितिमा तपाईहरू सबै बलियो सेतुको रूपमा काम गरिरहनु भएको छ, यो नै मनुष्यको सार्थकता हो।

एसोसिएशनका अध्यक्ष इथेन्पाले यो एम्बुलेन्स सिक्किममा आएको प्राकृतिक आपदाले प्रभावित मानिसहरूको सेवामा लगाइने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement