बाढ़ीको चपेटमा परेर मर्नेहरूको संख्या पुग्यो ३४

1000402011.jpg

गान्तोक: उत्तर सिक्किममा दक्षिण ल्होनाक झील फुटेपछि टिस्टा नदीमा आएको बाढ़ीको चपेटमा परेर मर्नेहरूको संख्या ३४ पुगेको छ भनेे बेपत्ता रहेका मानिसहरूको संख्या ११३ रहेको छ।

सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरणले दिएको जानकारी अनुसार, सोमवार सॉंझ पॉंच बजीसम्म मर्नेहरूको संख्या ३४ पुगेको छ भने ११३ जना बेपत्ता छन्। मंगन जिल्लामा ४, गान्तोक जिल्लामा ६ र नाम्ची जिल्लामा २ जनाको मृत्यु भएको छ। पाकिम जिल्लामा मृतकहरूको संख्या २२ पुगेको छ जसमा १० जना सेनाका जवान रहेको बताइएको छ। घाइतेहरूको संख्या २६ रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement