पाकिम: भारतीय वायु सेनाको एमआई १७ र चिनूक हेलिकप्टरले आज १३ जना बांग्लादेशी पर्यटकसहित कुल ३५४ पर्यटक सकुशल उद्धार गरेको छ। सबै पर्यटकहरूलाई उत्तर सिक्किमको लाचुङबाट उद्धार गरिएको हो।
जानकारी अनुसार, एमआई १७ र चिनूक हेलिकप्टरले लाचुङबाट ३५४ जना पर्यटक उद्धार गरेर पाकिमको ग्रीनफिल्ड एयरपोर्टमा सकुशल उताऱ्यो। यसमा १३ जना बांग्लादेशी पर्यटक पनि सामेल छन्। एमआई १७ र चिनूकले आज कुल १० चक्कर लगाएको बताइएको छ।
उत्तर सिक्किममा फसेका पर्यटकहरू र जनसाधारणहरूको भोलि बिहानदेखि फेरि निकासी अभियान चलाइने बताइएको छ।