आईएमसीटीद्वारा बाढ़ी प्रभावित क्षेत्रहरूको भ्रमण, अल्पकालीन र तत्काल आवश्यकतालाई प्राथमिकता दिइने

n54564404416968606414552da04b494e4ced32e01c6b7e1831fa5d13ccc2078f2477bdbea417b008d7818f.jpg

गान्तोक: भारत सरकारका विभिन्न मन्त्रालयका अधिकारीहरू सम्मिलित अन्तर-मन्त्रालयीय केन्द्रिय टोली (आईएमसीटी) ले आज लोवर जङ्गुको फिदाङ लगायत गान्तोक र पाकिम जिल्लाका बाढी प्रभावित क्षेत्रहरू भ्रमण गरेको छ।

केन्द्रिय टोलीसँग लाइन विभाग र सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरणका अधिकारीहरू पनि थिए।

पाकिम जिल्लाका जिल्लापाल टाशी चोपेल र गान्तोकका एडीसी रोहन अगावानेले आ-आफ्नो जिल्लामा टोलीलाई बाढीले पुऱ्याएको क्षतिको बारेमा जानकारी गराए। आईएमसीटी बाढीबाट भएको क्षतिको मूल्याङ्कन गर्न तथा अल्पकालीन र दीर्घकालीन पुनर्स्थापनाका लागि गृह मन्त्रालयलाई आर्थिक सिफारिस गर्न यहाँ आएको हो।

टोलीले आज मंगन जिल्लाको लोवर जङ्गुस्थित फिदाङ, आईबीएम-रम्फू, एटीटीसी-बरदाङ, गोलिटार-सिङताम र डिक्चु को भ्रमण गऱ्यो। टोलीले बाटोमा क्षतिग्रस्त भएका भवन, विद्युत लाइन र इन्द्रेणी र सिरवानी पुललगायत धेरै झोलुङ्गे पुल र २० माइल- माझीटारको मूल्यांकन गरेका थिए।

टोलीले राहत र पुनर्स्थापनाको प्रयासको मूल्याङ्कन गर्न माझीगाउँमा राहत शिविरको पनि भ्रमण गरेको थियो। केन्द्रिय टोलीले राहत केन्द्रहरूमा सरसफाइको उचित व्यवस्थापन गर्न सिफारिस गरेको थियो। उनीहरुले शिविरहरूमा रहेका मानिसहरूका लागि मानसिक स्वास्थ्य परामर्शको पनि सुझाउ दिएका छन्।

आर्थिक सहयोगका बारेमा बोल्दै टीमले राज्यको अल्पकालीन र तत्काल आवश्यकतालाई प्राथमिकता दिइने बताएका छन्। उनीहरुले तत्कालको लागि आवश्यक आर्थिक सहायता उपलब्ध गराउने आश्वासन दिएका छन् ताकि अहिलेको लागि सामान्य अवस्थामा पुऱ्याउन सकियोस्। टोलीले मंगलवार मंगन, नागा र चुङथाङमा बाढी प्रभावित क्षेत्रहरूको भ्रमण गर्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement